Tuesday, August 4

एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीमा रिक्त पदाधिकारी छान्न सचिवालय गठन

नेपालअखबार,सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी चयन गर्न सचिवालय गठन गरेको छ।

Advertisement

यही पुस २६ र २७ गते बसेको प्रदेश कमिटीको वैठकबाट कमिटीमा रहेका पदाधिकारीहरु दुई जना उपाध्यक्ष र दुई जना सचिव सहमतिको आधारमा छनोट गर्नेगरी सचिवालय गठन गरिएको हो।

Advertisement
Advertisement

प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीको अध्यक्षतामा १० सदस्यीय सचिवालय गठन गरिएको हो। सचिवालय र यसका सदस्यहरुलाई पदाधिकारी चयनबाहेकका अरु पनि जिम्मेवारी तोकिएको छ।

Advertisement

प्रदेशको बैठकले पार्टी कमिटीहरुअन्तर्गत जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र,  नगर, गाउँ र वडा कमिटीहरुको अधिवेशन चैत मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ।

जिल्ला र प्रदेश कमिटीमा रहेका सदस्यहरुले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने निर्णय पनि बैठकबाट गरिएको छ।

यस्तै वैठकमार्फत जिएमआर कम्पनीले लिएको माथिल्लो कर्णाली ९०० मेगावाट जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आह्वान गरिएको छ।

शिक्षा क्षेत्रमा कायम रहेको अध्यापन अनुमतिपत्र खारेज गरी स्वच्छ प्रस्तिस्पर्धाको आधारमा रोजगारीको अवसर सिर्जनाका लागि पहल गर्ने प्रतिबद्धता र जनताका काममा उत्तरदायी भूमिका निर्वाह प्रदेश सरकारलाई ध्यानाकर्षण बैठकमार्फत गरिएको छ।