Tuesday, July 28

वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

निराजन अधिकारी, हेमजा । कास्की पोखरा महानगरपालिका वडा न।२५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयोत्त आयोजना तथा ।२५ न।वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमवार सम्पन्न भएको छ । लातिम पुस २६ गते देखि २९ गते सम्म सञ्चालन भएको थियो ।

Advertisement

समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महनागरपालिका प्रवत्ता एवं वडा न।२५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यस तालिमले जीवनोपयोगी शिक्षा मात्र प्रदान गरेको छैन्,जिवनमा नजानेका कुरा जान्ने मौका,केहि आँट गर्नेहरुका लागि थाल्ने मोका प्रदान गरेको विश्वस व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

कार्यक्रमा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार ,सुवाश भण्डारी, तारा वि।क,वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका बिभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

२६ गते देखि शुरु भएको तालिमा सहभागिहरुलाई मासुको अचार,मेथिको अचार लगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले बताउनु भयो । अचार बनाउने तालिमा प्रशिक्षकको रुपमा पोखरा–२५ हेमजाकी कमला क्षेष्ठले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका विच व्यक्तित्व विकासका लागि उद्धधोषण तालिम पनि दिइएको थियो । उक्त उद्धघोषण तालिमा प्रशिक्षकको रुपमा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठले सहजीकरण गर्नभएको हो ।

महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एवं धन्यवाद उपाध्यक्ष रिता पौडेले त्रिपाठी र सञ्चालन बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी तथा हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेल गर्नुभयो ।