Sunday, July 26

समाजवादी प्रेस सङ्गठनले विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । समाजवादी प्रेस सङ्गठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाएको छ ।

Advertisement

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् ।

Advertisement
Advertisement

यसैबिच सुवेदीसहितका सङ्गठनका नेताहरू आजै एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्ने तयारीमा छन् ।May be an image of text

Advertisement