Sunday, April 19

न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड

नेपालअखबार,खोटाङ । पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा यहाँका पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरुले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्ने बताएका हुन् ।

उनले भने, “तपाईँहरूले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ । हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएर कार्यान्वयन गर्न लगाउँछौँ ।”

Advertisement

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको हो । यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ ।