Saturday, July 18

भाटखोलामा पाठेघरको मुखको निशुल्क भिआइए परिक्षण

नेपालअखबार,पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयूक्त आयोजना, फेदीखोला गाउँपालिका वडा नं। ३ को सहकार्य तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शनिबार फेदीखोला गाउँपालिका वडा नं। ३ भाटखोलाका ८७ जना महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धि भिआईए परिक्षण गरियो । जसमध्ये जम्मा ६ जनाको भिआइए पोजिटिभ देखिएकोले उनिहरुलाई थप परिक्षणको लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ ।
रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दिपेन्द्र शर्माले सन् २०२४÷२५ मा कास्की, स्याङजा, तनहुँ लगायतका जिल्लाका १५ सय भन्दा वढि महिलाहरुको पाठेघरको भिआइए परिक्षण गर्ने लक्ष्य लिएको वताउदै उक्त अभियान अन्तरगत तेस्रो शिविर भाटखोलामा गरिएको वताए । यस अगाडि पोखरा महानगरपालिका वडा नं। १६ र ७ नं वडामा गरिसकिएको वताए ।
फेदीखोला गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले आफ्नो वडामा कार्यक्रम ल्याएर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दे आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै वडा सदस्यहरु, स्वास्थ्य स्वयम्सेवीकाहरु, टोल विकास संस्थाहरुको पहलमा कार्यक्रम सफल भएको वताए ।
रोटरी क्लब अफ पोखरा न्यूरोडका पुर्व अध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, गण्डकी मेडिकल कलेज नयाँवजारकी स्त्री रोग विषेशज्ञ डा। बालकुमारी साह, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट लगायतले वोलेका थिए ।

Advertisement
Advertisement

Advertisement