Tuesday, April 28

ललितपुर हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

नेपाल अखबार, काठमाडाैं। प्रहरी परिसर ललितपुरमा रहेका एक जना थुनुावाले आत्महत्या गरेका छन्।
सिराहको औराहीका दुर्गेस यादवले बुधबार बिहान आत्महत्या गरेका हुन्।
उनी जबरजस्ती करणीको मुद्दामा पक्राउ परेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो।
उनले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेका एसएसपी राईले जानकारी दिए।
बाथरुममा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो। अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *