Tuesday, July 21

१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत

नेपालअखबार ,काठमाडौँ । वरिष्ठ गीतकार चाँदनी शाहसहित विभिन्न गायक–गायिका सम्मानित भएका छन् । स्वर किन्नरी तारादेवीको १९औैं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।

Advertisement

तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा राष्ट्रिय नाच घरमा आयोजित ‘स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम’ कार्यक्रममा वरिष्ठ गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपैयाँ र ताम्रपत्रसहित ‘स्वर किन्र्री स्मृति सम्मान २०८१’ बाट सम्मान गरियो ।

Advertisement
Advertisement

कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका–गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धासुमन व्यक्त गरे । कार्यक्रममा गायिका गीता पाण्डेले ‘सुनगाभा जस्तो जीवन’, ममता गुरुङले ‘रिमझिम रिमझिम’, प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, बबिना भट्टराईले ‘तिमि तिरमा उभी देउ’, शर्मीला वर्देवाले ‘आमा भएर बोकी हेर’ जुनु गौतमले‘फूलै फूलको मौसम तिमीलाई’ अञ्जुली हमालले ‘तिमिले दिएका’, रिता केसीले ‘उकाली ओरालीहरूमा’, सुधा शेर्पाले ‘नौ सय खोला तरेर’र सरस्वती मानन्धरले ‘शुभकामना’ गीत गाएका थिए ।

Advertisement

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दीपक केसी, महासचिव शोभन सायजूले तारादेवीको चर्चा गरेका थिए ।