Friday, July 10

यथास्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन: नारायणकाजी श्रेष्ठ

नेपालअखबार ,काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

Advertisement

पार्टीको भ्रातृ संगठन नेपाल बुद्धिजीवी  संगठनले ललितपुरमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले पार्टीको रूपान्तरण अनिवार्य रहेको बताएका हुन्।

Advertisement
Advertisement

‘नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो,’ उनले भने।

Advertisement

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु रहेको बताउँदै  परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे।

‘विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ,’ श्रेष्ठले भने।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका हुन्।