Saturday, May 9

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट

नेपालअखबार ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल(म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका उनका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए ।

Advertisement

उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्रको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन भई आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे ।