Monday, July 6

बारामा घरेलु कार्यालयका सहयोगी १० हजार घुससहित पक्राउ

नेपाल अखबार, , वीरगञ्ज । बाराको कलैयास्थित घरेलु तथा साना उद्योग कार्यालयका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरी पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले उक्त रकम घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *