Friday, July 10

सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक

नेपालअखबार,जापान। जापानमा दुई दिनअघि सडकमा अकस्मात् बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका थिए।

Advertisement

टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास गरिरहेका छन्। लगभग दस मिटर चौडाइ र गहिराइ भएको यो खाडलमा मंगलबार बिहान एउटा ट्रक खसेको थियो।

Advertisement
Advertisement

सडकमा गाडी रोकिरहेका बेला मुनिको जमिन अकस्मात् भासिएर ठूलो खाडल बनेको थियो। गाडी त्यसैमा खसेको न्यूयोर्क टाइम्सले जनाएको छ।

Advertisement

यो खाडल बनेपछि त्यसको २०० मिटर वरपर बस्ने बासिन्दाहरूलाई बस्ती खाली गर्न भनिएको छ। सडकको वरिपरिका बस्तीहरूमा खाडल पनि पर्न सक्छन् भनेर त्यहाँका स्थानीय बासिन्दाहरू पनि चिन्तित बनेका छन्।

दुई दिनदेखि प्रयास जारी राखे पनि ती ट्रक चालकलाई अझै उद्धार गरेर बाहिर ल्याउन सकिएको छैन खाडलमा पानी चुहिरहेको र नजिकै भूमिगत ग्यास पाइपहरूको रहेकाले उद्धारकर्मीहरू थप चिन्तित बनेका छन्। खाडलमा पानी भरिँदै गएको र चालकको सिट पनि डुबेको अनुमान छ।

दुर्घटना लगत्तै उद्धारकर्मीहरूसँग कुरा गरेका चालकसँग अहिले दोहोरो कुरा हुन सकेको छैन। सडकमा बुधबार अर्को गहिरो खाडल पनि देखा परेपछि उद्धार प्रयासहरू केही समयका लागि रोकिएको थियो।