Thursday, July 9

क्रिप्टोको कारोबार गर्ने तीन जना कपिलवस्तुबाट पक्राउ

नेपालअखबार, काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

बिहीबार प्रहरीले शिवराज नगरपालिका-१ शिवपुरस्थित होटल हाइवेबाट तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

Advertisement
Advertisement

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटलमा जाँच गर्दा तीन जनाले क्रिप्टोकरेन्सी बिटकोइनको कारोबार गरिरहेको अवस्थामा फेला पारेको हो।

Advertisement

पक्राउ पर्नेमा भारतको राजश्थानका ३० वर्षीय विजेन्द्रकुमार सैनी, २२ वर्षीय मोनु सैनी र ३५ वर्षीय नन्दलाल नी छन्।

उनीहरूबाट प्रहरीले एउटा ल्यापटप, २४ वटा मोबाइल बरामद गरेको छ।अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।