Tuesday, May 12

आज गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन आज सम्पन्न हुँदैछ।

कास्कीको पोखरामा सम्पन्न हुने प्रथम अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुनेछ। प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्जसमेत रहनु भएका श्रीनाथ बरालका अनुसार बिहान ११:३० बजेदेखि अधिवेशन सुरु हुनेछ।

Advertisement

अधिवेशनलाई सम्बोधन गर्न पार्टीका अध्यक्षसहित सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी पोलिटब्यूरो सदस्य तथा गण्डकी सहइन्चार्ज दिलु पन्तले जानकारी दिनुभएको छ।

नेता पन्तका अनुसार सम्मानित नेता शनिबार बिहान पोखरा पुग्ने, पार्टी अध्यक्ष अवेशन उद्घाटनको समयमा पुग्ने र महासचिव दिउँसो ३ बजे पुगेर सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

‘समाजवाद प्राप्तिको लक्ष्य, गण्डकी प्रदेशको विकास र समृद्धि हाम्रो उद्देश्य’ भन्ने मुल नाराका साथ सम्पन्न हुने अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ।