Monday, April 20

बालबालिकालाई आजदेखि रोटा भाइरसविरुद्धको खोप दिइँदै

नेपाल अखबार, काठमाडाैं। नेपालमा आज (बिहीबार) देखि रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आउदै छ।
ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपालमा रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आएको परिवार कल्याण महाशाखाले जनाएको छ।
आजदेखि नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिए।
रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिने गरिन्छ। स्वास्थ्यकर्मीका अनुसार रोटा भाइरसविरुद्धको खोप शिशु जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिनुपर्छ।
पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल ल्याएको छ।
देशभरका एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिने तयारी छ। यो खोप एक साताभित्र देशका सात वटै प्रदेशमा पठाइने डा.गौतमले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *