Sunday, April 19

गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण नेपाली

नेपालअखबार,पोखरा । नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटी अध्यक्षमा कृष्ण नेपाली चयन हुनुभएको छ।

माघ २६ र २७  गते सम्पन्न प्रथम अधिवेशनले नेपालीलाई अध्यक्ष चयन गरेको हो। प्रदेश कमिटीको उपाध्यक्षमा मुक्ती पौडेल र विष्णु गिरीलाई चयन गरिएको छ।

Advertisement

त्यस्तै सचिवमा ठाकुर शर्मा पौडेल, सहचिवमा सुस्मा काफ्ले, टिकाराम पौडेल र विवेक भुजेल चयन हुनुभएको छ। अधिवेशनले १०१ जनाको कमिटी घोषणा गरेको छ। १४३ जनाको कमिटीलाई पूर्णता दिन केही समय लाग्ने आयोजकले जानकारी दिएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले सम्बोधन गर्नुभएको थियो।