Sunday, July 26

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।

Advertisement

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठक संघीय संसद सचिवालयले जनाएको छ।

Advertisement
Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।

Advertisement

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्।

आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।

सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्।

त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले  मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सरकारले ल्याएका अध्यादेश स्विकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय आजको बैठकको कार्यसूचीमा पनि चढेको छैन।