Sunday, July 26

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Advertisement

यसै गरी भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।

Advertisement
Advertisement

Advertisement