Sunday, August 9

गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

Advertisement

श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराउनुभएको उहाँलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उहाँको उपचार भएको थियो ।

Advertisement

प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त अस्पतालको वातावरण, डाक्टर, नर्सको व्यवहारले नै हुन्छ भनिन्छ । निकै पारिवारिक वातावरणमा सेवा गर्नुभयो । यसका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।’

यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. देवकुमार थापा, प्रा.डा अर्जुन आचार्य र डा. सि.पी. आचार्यले प्रदेश प्रमुखले अस्पतालको चिकित्सक टोलीलाई विश्वास गरी स्वास्थ्य सेवा लिनुभएकोमा आभार व्यक्त गर्दै अगाडि भन्नुभएको छ – ‘आफ्नै प्रदेशभित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विश्वास गर्ने जुन काम गर्नुभएको छ, यसले भविष्यमा यस प्रदेशमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको उच्च मनोबल बढ्ने तथा साधारण उपचारका लागि पनि अन्यत्र दौडले प्रवृत्ति रहेकामा भविष्यमा कमी आउनेमा विश्वास गर्दछौं ।’

प्रदेश प्रमुख भट्टले अस्पताल बसाईंको क्रममा प्रत्यक्ष भेटघाटका लागि पाल्नुहुने र टाढैबाट स्वास्थ्यलाभको कामना गर्नुहुनेप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।

गत फागुन ८ गते विहीबार साँझ अस्पताल भर्ना हुनुभएका उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नेहरुको भीड शुक्रबार बढेपछि अस्पतालले प्रत्यक्ष भेटघाट स्थगन गरेको थियो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, एमाले गण्डकी सचिव धनञ्जय दवाडी, नेता माधव बास्तोला लगायतले प्रत्यक्ष भेट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।