Monday, May 11

एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनकाअनुसार बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

Advertisement

सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन।

जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ। सत्ता पक्षले भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन।