Friday, July 10

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।  शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।

Advertisement

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको  नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

Advertisement
Advertisement

आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ।

Advertisement

सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।

जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ। सत्ता पक्षलाई जसपा नेपालको साथबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन।

यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो।

संयन्त्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन्।