Wednesday, July 15

राजावादी गतिविधि हेरेर नबस्न सरकारलाई आग्रह :सांसद खादिल

नेपालअखबार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताएको छ । बरु वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था बदल्न सक्ने हिम्मत देखाउन र जनताको विश्वास जित्नतिर लाग्न उसको आग्रह छ ।

Advertisement

आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ यस्तो चाहना पूरा हुन नसक्ने उनको आग्रह छ ।

Advertisement
Advertisement

साथै सरकारलाई संविधान विरोधी गतिविधि हेरेर नबस्न जसपा नेपालका सांसद खादिलको आग्रह छ ।

Advertisement

‘सरकारले आफ्नो दायित्व पूरा गरोस्,’ उनले भने, ‘सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्‍याउनै पर्छ ।’

सांसद खालिदले राजनीतिक दलहरूले राजावादीको गतिविधिबारे पार्टीको धारणा स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

संसद्‍मा नेकपा माओवादी केन्द्र, नेकपा एककृत समाजवादी लगायतका दलका सांसदले समेत राजावादीको गतिविधिबारे प्रश्न उठाएका छन् ।