Wednesday, July 15

पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले गरे महानगरपालिकामा धर्ना

नेपालअखबार,पोखरा  ।  पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेको हो ।
विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समीती, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा धर्नाको कार्यक्रम गरेका हुन् । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सोमबार वार्तामा बोलायपश्चात करिब साडे १ घण्टा पछि आइतबारको धर्ना कार्यक्रम स्थगीत गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीले महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कोटिहोमको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल वीचमा त्रिपक्षिय बैठक बस्दै छ । बैठकले पनि कोटिहोम महायज्ञलाई एउटा मार्ग प्रसस्त  गर्न नसकेको खण्डमा आज स्थगीत गरिएको विरोधको कार्यक्रमलाई मंगलबारदेखि पुनः आन्दोलनको कार्य सुरु गर्ने अन्तराष्ट्रिय हिन्दु परिषदका केन्द्रिय अध्यक्ष शंखर खरालले जानकारी दिएका छन् ।

Advertisement

Advertisement