Friday, September 4

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस

नेपालअखबार,काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

Advertisement

संयुक्त राष्ट्र संघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो ।

Advertisement
Advertisement

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो।

Advertisement

यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो।

भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो।