Monday, May 11

पाँच प्रदेशमा वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ।

Advertisement

दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

त्यस्तै  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।