Monday, July 27

अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो : तालिबानको दाबी

नेपालअखबार,काठमाडौं । अफगानिस्तानमा तालिबान अधिकारीहरूले अमेरिकाले तालिबानका तीन नेताहरू सिराजुद्दीन हक्कानी, अब्दुल अजीज हक्कानी, र याह्या हक्कानीमाथि घोषणा गरिएको इनाम हटाएको दाबी गरेका छन् ।

Advertisement

बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Advertisement
Advertisement

रोयटर्सका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड अमेरिकी डलरको इनाम हटाएको जानकारी दिएका छन् ।

Advertisement

यद्यपि, एफबीआईको वेबसाइटमा हालसम्म पनि अफगानिस्तानका कार्यवाहक गृह मन्त्री सिराजुद्दीन हक्कानीमाथि १० मिलियन (१ करोड) अमेरिकी डलरको इनाम उल्लेख छ।

वेबसाइटमा हक्कानीले ‘अफगानिस्तानमा अमेरिका र गठबन्धन सेनाहरूविरुद्ध सीमा पार हमलाहरूमा संलग्नता जनाएका थिए’ भन्ने विवरण हटाइएको छैन ।

सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजीज हक्कानी र याह्या हक्कानी पनि अमेरिकाको मस्ट वान्टेड सूचीमा छन्।

ट्रम्प प्रशासन अफगानिस्तानमा कैदमा रहेका अमेरिकी नागरिकहरूको रिहाइ सुनिश्चित गर्न प्रयासरत छ। अफगानिस्तानमा दुई दशक लामो युद्धका क्रममा दुई हजारभन्दा बढी अमेरिकी निकायमा कार्यरत मानिसहरूले ज्यान गुमाइसकेका छन्।