Saturday, July 4

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना

नेपालअखबार,काठमाडौँ । अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ । आज बिहान काठमाडौँको माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर,  निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका हुन् ।

Advertisement

धर्ना कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गैरसरकारी संस्था महासङ्घका अध्यक्ष एवं वृहत् नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गरे । केही दिनयता देखिएका घटनाहरू घुन पुतली भएको टिप्पणी गर्दै लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने बताए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर उनले गरे ।

Advertisement
Advertisement

देशभर लोकतन्त्रलाई बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न उनले आग्रह गरे ।

Advertisement