
नेपालअखबार,विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयाेग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो टोलमा मुस्लिम समुदायको बसोबास छ ।
इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

