Monday, July 6

हजारौं सरकारी कर्मचारीले जागिर गुमाउँदै अमेरिकामा

नेपालअखबार,काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। कर्मचारी कटौती बारे निर्णय कतिपय कर्मचारीहरू कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए ।

Advertisement

जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो ।

Advertisement
Advertisement

बीबीसीका अनुसार कर्मचारी कटौतीमा कतिपय उच्च अधिकारीहरू पनि परेका छन् ।

Advertisement

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. क्यानेडी जुनियरले गत हप्ता नै १० हजार कर्मचारीहरूलाई जागिरबाट निकाल्ने घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपति कार्यालयले पनि गत हप्ता फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट ३५००  कर्मचारी हटाउने योजना रहेको जनाएको थियो।

यस्तै, युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) बाट २४०० कर्मचारी हटाइने छ। त्यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १२०० कर्मचारी निकाल्ने प्रशासनले जनाएको छ।