Monday, July 6

क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण

नेपाल अखबार, सप्तरी।  सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए।
उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए।
सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताए। रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *