Monday, April 20

तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ

नेपालअखबार,काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा नेपाल प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् ।

Advertisement

यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल, नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दहाल रहेको प्रहरीले जानकारी दिएको छ ।