Wednesday, October 29

दाउन्नेमा राजमार्ग हिलो भएपछि अवरूद्ध

नेपालअखबार,नवलपरासी। पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ।

Advertisement

वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो।

सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ।

प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।