Tuesday, July 28

युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया

नेपालअखबार,काठमाडौं । इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई हमासले औपचारिक रूपमै अस्वीकार गरेको छ।

Advertisement

हमासले सबै बन्धकहरुको रिहाइको सट्टामा युद्ध समाप्त गर्ने र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहाइ गर्ने सहमतिको लागि मात्र तयार रहेको प्रतिक्रिया दिएको हो ।

Advertisement
Advertisement

बीबीसीका अनुसार हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

Advertisement

सन्देशमा हय्याले भनेका छन्, ‘हामी त्यस्तो कुनै पनि सम्झौता स्वीकार गर्नेछैनौं, जसले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्छ।’

इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकहरूको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो।

त्यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि, इजरायली सेनाले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।