Friday, July 24

गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित, एकको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ९ जना नयाँ संक्रमितहरु थपिएका हुन्।
जसमा पोखरा महानगरपालिकाका ४ पुरुष रहेका छन् भने गोरखाको पालुङटार नगरपालिकाका ३ र लखन थापा गाउँपालिकामा २ गरी ५ जना रहेका छन्।
योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १०८८ पुगेको छ।
संक्रमण पुष्टि भएका गोरखाका ४ र कास्कीका ४ गरी ८ जना व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शनिबार नै संक्रमण पुष्टि भएका गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको भने गोरखा अस्पतालमा निधन भएको र उनको शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *