Saturday, July 18

मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद

नेपालअखबार,सुनसरी । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख समेत रहनुभएका इकबाल अहमद (इफ्तखार हसन) ले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाही हुनुपर्ने बताउनु भएको छ ।

Advertisement

मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको अभिव्यक्तिप्रति पत्रकार अहमदले आपत्ति प्रकट गर्दै सरकारसँग कार्वाहीको माग गर्नुभएको हो ।

Advertisement
Advertisement

समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

Advertisement

निवर्तमान केन्द्रीय सदस्य अहमदले राजावादी समर्थक, राष्ट्रवादी समुह र प्रजातान्त्रिक हण्डी खाएर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रवादीहरुको संविधान अनुसार सांसद बनेकाहरुको समेतको सहभागिता रहेको एक कार्यक्रममा अतिवादी समुहका कृष्णा सनातनीले नेपालको मुस्लिम समुदाय नै सखाप गरिदिने खुल्ला रुपमा अभिव्यक्ति दिएर राजाको शासन आए देशमा मुस्लिम सखाप पार्ने योजना स्पष्ट भएको बताए ।

पत्रकार अहमदले भने,’ मुस्लिम सखाप पार्ने राजतन्त्र नेपाली मुस्लिमलाई चाहिदैन । त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्रको अरु कुनै विकल्प हुन सक्दैन। मुस्लिम समुदाय विरुद्ध सखापै पार्ने अभिव्यक्ति दिने अतिवादीलाई कानुनी काठघारामा ल्याउनुको बिकल्प छैन। देशमा संविधान र कानुन रहेको जानकारी नागरिकलाई दिइयोस्।,’ उनले भने ।