
नेपालअखबार,काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।

