Monday, July 6

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज २३२ थपिए

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ।
त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *