Friday, July 3

रूखले च्यापिएर मृत्यु

नेपालअखबार,मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ।

Advertisement

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रूखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

Advertisement
Advertisement

उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताए।

Advertisement