Saturday, July 4

संसदमा प्रेम आलेले भने- मैले राखेका कुरा तोडमोड गरेर समाचार आयो

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्।

Advertisement

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले आफूले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेका विषयवस्तु तोडमोड गरी सञ्चार माध्यमले समाचार बनाएको बताएका हुन्।

Advertisement
Advertisement

‘हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्रै समाचार सम्प्रेषण गर्न म आग्रह गर्न चाहन्छु।’

Advertisement

उनले सोमबारको प्रतिनिधि सभामा आफूले कुरा राख्दा ‘पार्टीको दबाब झेल्न नसक्दा त्यो मान्छेलाई डिजी बनाइयो भनेर मैले भनेको थिएँ, त्यसलाई तोडमोड गरियो,’ उनले भने, ‘२५०० वाटको स्पिकर राखेर राम्रोसँग सुन्न आग्रह गर्छु।’