Thursday, July 9

फेवातालमा हावाहुरीका कारण फसेका ८ जनाको उद्धार

नेपालअखबार, पोखरा। पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार भएको छ।

Advertisement

सोमबार दिउँसो फेवातालमा एक्कासि हावाहुरी चलेपछि डुंगा/कायाकमा सवारहरू फसेका थिए।

Advertisement
Advertisement

फसेका ८ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं‌ डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

बोटिङ गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका–५ बस्ने २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्वार टोलीले उद्धार गरेको छ।

तालमा हावाहुरीका कारण अन्य कायाक बोटमा बोटिङ गरिरहेका एक जना र डु‌ंगामा रहेका ६ जना गरी समेतको सकुशल उद्वार भएको छ।