Monday, July 27

भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । भारतले गरेको हमलापछि प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक बसेको छ ।

Advertisement

बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ।

Advertisement
Advertisement

पाकिस्तानले भारतका यी आरोपहरू निराधार भएको दोहोर्‍याएको हो।

Advertisement

‘२२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको सम्झनु पर्छ, जुन दुर्भाग्यवश स्वीकार गरिएन,’ विज्ञप्तिमा भनिएको छ।

भारतले आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।