Monday, July 27

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु

नेपालअखबार, जम्मू । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘राजौरीबाट दुखद खबर ! हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।’

Advertisement
Advertisement

उमर अब्दुल्लाहका अनुसार राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो । आक्रमणमा उनको मृत्यु भयो।’

Advertisement