Wednesday, October 29

सगरमाथा सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले चढे

नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४ गते बिहान ९ः२० बजे   सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Advertisement

सहप्रवक्ता थापाका अनुसार छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बंगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

Advertisement