Monday, April 20

उत्तर प्रदेशमा बन्यो निम्न चापीय क्षेत्र, नेपालका यी स्थानमा वर्षा बढ्ने सम्भावना

नेपाल अखबार, काठमाडाैं। आज (आइतबार) देखि मनसुनको अर्काे प्रणाली थपिएको छ। मौसमविद्का अनुसार भारतको उत्तर प्रदेशमा निम्न चापीय क्षेत्र बनेको हो।
अब यसकाे प्रभावले उत्तर प्रदेश नजिक रहेका नेपालका प्रदेशमा मनसुनी गतिविधि (बदली/वर्षा) मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
‘खासगरी प्रदेश ५ मा वर्षा बढ्ने सम्भावना देखिएको छ, साथै यसले बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि मनसुनी गतिविधि बढाउने सम्भावना छ,’ उनले भने।
उनका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
हेराै‌ँ महाशाखाले जारी गरेकाे तीन दिनसम्मकाे माैसमी अनुमान:
mausam21

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *