Monday, November 3

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला

नेपालअखबार,काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।

Advertisement

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

Advertisement

अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।

भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।