Monday, May 11

स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त

नेपालअखबार,काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ।

यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो।

Advertisement

बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।

तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको हो ।

स्पेसएक्सको भनाइअनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।