Saturday, May 2

मोहम्मद अफताव आलम रिहा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् ।

आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।

Advertisement

उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि आलम रिहा भएका नख्खुका जेलर भीमराज कोइरालाले बताए । उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।