Monday, August 24

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्: प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन्।

Advertisement

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्।

Advertisement
Advertisement

‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।’

Advertisement

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।