Thursday, July 23

अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न आग्रह

नेपाल अखबार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले कोरोना रोकथाममा प्रभवकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार संयुक्त अपिल जारी गर्दै उनीहरुले अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्तासँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा सुधार गर्नुपर्नेलगायत माग राखेर अभियन्ता ईः र पुकार बम १० दिनदेखि अनशनमा छन् ।
नेता र नागरिक अगुवाले अनशनमा बसेकाहरुको माग सम्बोधन गरी जीवन रक्षा गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी, राप्रपाकी नेतृ कुन्ती शाही, विवकेशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, नागरिक अगुवा डा. भोजराज पोखरेल, डा. सुरेन्द्र भण्डारी, द्वारिकानाथ ढुंगेल, डा. प्रेमसिंह बस्न्यात, रमेश खरेल, बालकृष्ण न्यौपाने र विराजबहादुर विष्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकार नै हुने चेतावनीसमेत दिएका छन् ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *