Saturday, July 18

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी

नेपालअखबार,काठमाडौँ ।  पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

Advertisement

साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको  प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

Advertisement
Advertisement

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ।

Advertisement

पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ‘हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।

त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको स्रोतले बताएको छ।  ‘हिल्टनबारे भिडिओ प्रसारण गरेकै विषयमा हो। उहाँविरूद्ध हिजो पक्राउ पुर्जी जारी भएको हो। भिडिओ प्रसारण गरिएको युट्युब च्यानल पनि दर्ता गरिएको रहेनछ,’ प्रहरीको उच्च स्रोतले सेतोपाटीसँग भने।

साइबर ब्युरोले भने यसबारे तत्काल केही बताएको छैन।

‘अहिलेसम्म यो विषयमा हाम्रोमा केही आएको छैन,’ ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।