
नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् ।
परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।
नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्ध: अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा. याङ छेनसीले प्रमुख वक्ताका रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।
उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।


